नेपाल–भारत सम्बन्ध अझ उचाइमा पुग्छ : प्रवक्ता कार्की

समाचार

काठमाडौं, १८ चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रवार भएको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको तीनदिने भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ र उच्चस्तरमा पु¥याएर मुलुकको हित गर्ने बताए ।

‘मुलरुपमा नेपाल र भारतको बिचमा सदिऔँदेखि रही आएको जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई अझ प्रगाढ गर्न, त्यो सम्बन्धलाई अझ उच्चस्तरमा पु¥याएर मुलुकको हितमा यो भ्रमण केन्द्रीत रहने कुरा म यहाँहरुमार्फत् निवेदन गर्न चाहान्छु’, उनले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ