नेयालगञ्ज, १८ चैत । लुम्विनी प्रदेशमा पहिलोपटक बाँकेको राप्ती नदी (कुसुम–अगैया) मा जलयात्रा सुरु भएको छ ।
जलयात्राको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले शुक्रबार शुभारम्भ गरेका छन् ।
जलयात्रा सफल भएको र अब यसलाई व्यवसायिक बनाइने मन्त्री चौधरीले बताए । उनले प्रदेशका ५ स्थानमा जलयात्रा सन्चालन गरिने बताए ।
सोहि योजना अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुम बैरियादेखि अगैयासम्म राप्ती नदीमा शुक्रबारदेखि साहसिक जलयात्रा (¥याफ्टिङ) सञ्चालनमा आएको हो ।
राप्ती सोनारी गाउँपालिकासँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालय बाँकेले ¥याफ्टिङ सञ्चालनमा ल्याएको हो ।
तपाईको प्रतिक्रिया