काठमाडौं, १८ चैत । मधेशी आयोगद्वारा “नेपालमा मधेशी समुदायको थर सूचीकरण प्रतिवेदन–२०७८” सार्वजनिक गरिएको छ ।
सो प्रतिवेदन अहिले सबैको सुझाव र पृष्ठपोषणको लागि आयोगको वेबसाईटमा उपलब्ध गराइएको आयोगद्वारा जारी प्रेस पिज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपालमा बस्ने मधेशी समुदायको पहिलो पल्ट संबैधानिक आयोगले आफ्नो दायित्वअनुसार थर सूचीकरण गरेको हो ।
सो प्रतिवेदन माथी सुझावहरु प्राप्त भएपछि अन्तिम रुप दिएर नेपाल सरकारलाई राजपत्रमा प्रकाशित गर्न आयोगले सिफारिस गर्ने अध्यक्ष डा.विजयकुमार दत्तले बताए ।
सो प्रतिवेदन दित्तिय तथ्यांक लाई आधार मानेर तयार पारिएको छ । सो प्रतिवेदन आयोगको बिज्ञ दिपक गुप्ताले तयार पारेका छन् ।
तपाईको प्रतिक्रिया