वीरगन्ज, १८ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पर्साले शनिबार वीरगन्जमा स्वाभिमान यात्रा तथा स्वाभिान सभा गर्न लागेको छ ।
ऐतिहासिक स्वाभिमान यात्रा (रोड शो) तथा स्वाभिमान सभाको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सदस्य तथा पर्सा जिल्ला पर्वेक्षक रमेश पटेलले बताएका हुन् ।
लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ल लगायतको विशेष सहभागिता रहने बताइएको छ ।
शनिबार बिहान ११ः३० बजेदेखि चिनिमिल अवास क्षेत्र मेनरोडदेखि नगर परिक्रमा गरि नगर सभा गृहमा बृहत स्वाभिमान सभा आयोजना हुने पार्टीका जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झाले बताए ।
यो प्रदर्शन मधेशी÷उत्पीडितको स्वाभिमानको प्रतीकको रुपमा भएको र अधिकार, पहिचानको लडाइँलाई थप उचाइमा पुर्याउने उद्देश्यले आयोजना हुने लागेकोले वीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सरार्फले बताएका छन् ।
कार्यक्रममा जिल्लाभरिका हरेक तह, तप्काका नेता, कार्यकर्ताको सहभागिता रहने आयोजकले बताएको छ ।
तपाईको प्रतिक्रिया