हिन्दू परिषदद्वारा नायक सम्मानित

समाचार

काठमाडौं, १८ चैत । हिन्दू परिषद् नेपालले सामाजिक एवं धार्मिक अभियन्ता राम सोबित नायकलाई सम्मान गरेको छ ।

हिन्दू परिषदका केन्द्रीय महासचिव रहेका नायक नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टको ५५औं साधारण सभा एवं निर्वाचनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएकोमा परिषद्ले शुक्रबार मधेश मिडिया हाउसमा सम्मान गरेको हो ।

कार्यक्रममा हिन्दू परिषदका केन्द्रीय अध्यक्ष सन्तोष पटेल, उपाध्यक्षहरु सुनीता रौनियार, पिंकी महासेठ, महासचिव राम सोबित नायक, केन्द्रीय सदस्यहरु श्यामसुन्दर राय, मनोज राउत, उपत्यका कमिटी अध्यक्ष भगवती शर्मा, उपाध्यक्ष रामस्वार्थ पटेल, इंजीनियर संदीप चौधरी, इकोनोमिस्ट अरविन्द चौधरी, युवा अभियन्ता शैलेश यादव, राष्ट्रसेवक कर्मचारी कमल गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ