काठमाडौं, १९ चैत । नेपाल र भारतका प्रधानमन्त्रीले जयनगर–जनकपुर–कुर्थासम्म चल्ने रेलसेवाको उद्घाटन गरेका छन् ।
भारतको राजधानी नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमले हरियो झण्डा देखाए लगत्तै रेल भारतको जयनगरबाट गुडेको थियो ।
भारतको जयनगरबाट नेपाली समय अनुसार १ बजेतिर खुलेको रेल दिउँसो ३ बजेतिर जनकपुरधाम रेल्वे स्टेशन आइपुगेको थियो ।
दैनिक दुई पटक जयनगरदेखि कुर्थासम्म रेल संचालन हुने रेल्वे विभागका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया