रेल सञ्चालनपछि दुवै देशको सम्बन्धमा नयाँ आयाम थपियो : मन्त्री यादव

समाचार

जनकपुरधाम, १९ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रेल सञ्चालनपछि नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताएकी छन् ।

नेपाली रेल उद्घाटनको अवसरमा जनकपुरधाम रेल्वे स्टेशनमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली जनताको रेल चढ्ने सपना पूरा भएको बताइन् ।

मन्त्री यादवले भनिन्, ‘रामसीताको सम्बन्ध जोडिएको नेपाल र भारतमा रेल संचालन भएपछि दुबै देशको सम्बन्धमा एउटा आयाम थप भएको छ ।’

मन्त्री यादवले बिजलपुरासम्मको ट्रयाक निर्माण भइसकेको र हस्तान्तरण हुनेवित्तिकै त्यहाँसम्म पनि रेल चल्ने बताइन् ।

उनले बर्दिवासदेखि निजगढसम्मको ७० किलोमिटर रेल्वे ट्रयाकको तयारी भइरहेको बताउँदै रक्सौलदेखि सिमरा र सिमरादेखि काठमाडौंको यात्रा पनि रेलबाट हुने बताइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ