काठमाडौं, २० चैत । भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेर बहादुर देउवा उत्तर प्रदेशको धार्मिकस्थल वाराणसी पुगेका छन् ।
आइतबार बिहान उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले वाराणसीस्थित लाल बहादुर शास्त्री अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई स्वागत गरेका छन् ।
बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।
बनारसमा देउवाले काल भैरव, विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्दै र ठाउँठाउँमा सांस्कृतिक नाचका साथ स्वागत गरिएको छ। बनारसबाट नयाँ दिल्ली हुँदै देउवा आजै काठमाडौं फर्कनेछन्।
तपाईको प्रतिक्रिया