विराटनगर, २० चैत । प्रदेश नं. १ प्रमुख परशुराम खापुङले दोश्रो चिचिरी–गेन्द्रो दिवस –२०७८ को उद्घाटन गरेका छन् । चिचिरी–गेन्द्रो दिवसलाई धिमाल खाना महोत्सवको सांकेतिक अर्थ लगाइएको छ ।
उर्लाबारी नगरपालिका ३, मंगलबारेस्थीत धिमाल परियोजना स्थलमा उद्घाटन गरिएको चिचिरी–गेन्द्रोमा धिमाल जातिले परापूर्वकालदेखि दैनिक प्रयोगमा ल्याइरहेको खानालाई प्रवद्र्धन गर्नको लागि महोत्सव गरिएको धिमाल जातीय विकास केन्द्रका उपाध्यक्ष केदार धिमालले जानकारी दिएका छन् ।
धिमाल जातिले चामलबाट पकाएर बनाइने खानालाई चिचिरी र चामलको पिठोबाट बनाइने गेन्द्रो भनिन्छ । अन्यभन्दा विशेष भएकोले धिमाल जातिले फुड फेस्टिभलको नाम नै चिचिरी–गेन्द्रो राखेको हो ।
चिचिरी–गेन्द्रोको उद्घाटन गर्दै प्रदेश माननीय परशुराम खापुङले यस्ता फेस्टिभलले नेपालभित्रको नेपाली मौलिकतालाई विश्वभर पु¥याउन सकिने बताए ।
“चिचिरी–गेन्द्रो दिवसको उद्घाटनमात्र होइन, अहिलेसम्म स्वाद लिन नपाइएको खानाहरु चाख्न पाइएको छ, धिमाल जातिले स्वास्थ्यवद्र्धक, पौष्टिक खाना धेरै अगाडिदेखि सचेतता अपनाएको रहेछ भन्ने प्रष्टिएको छ ।” माननीय प्रदेश प्रमुखको थप भनाई थियो ।
एक दिवसीय धिमाल फुड फेस्टिभल धिमाल जातिका २० प्रकारका खाना स्टल राखिएका थिए । त्यसैगरी धिमाल कलाकारहरूद्वारा विभिन्न प्रस्तुति पनि दिएका छन् ।
तपाईको प्रतिक्रिया