स्थानीय तहमा चुनावी तालमेलको मोडालिटीबारे छलफल भइरहेको छ : नेपाल

समाचार

धनगढी, २० चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनावी तालमेलको मोडालिटीबारे दलहरुबीच छलफल भइरहेको बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन कैलालीद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेल गर्ने सहमतिपछि जनता उत्साहित भएको बताएका छन् ।

देशभर नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर चलेको उल्लेख गर्दै अध्यक्ष नेपालले पार्टीका सम्पूर्ण गतिविधि स्थानीय तह निर्वाचन केन्द्रित गरेको बताए ।

साथै, उनले सुदूरपश्चिम प्रदेशसभामा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल रहेकाले मुख्यमन्त्रीमा दाबी गर्नु स्वाभाविक भएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ