सक्षम र इमानदार उम्मेद्वारका लागि विवेकशील साझाको आह्वान

समाचार

काठमाडौं, २० चैत । आसन्न स्थानीय तहको निर्वाचनका लागि विवेकशील साझा पार्टीले सक्षम र इमानदार उम्मेद्वारका लागि आह्वान गरेको छ ।

विवेकशील साझाले आइतबार आह्वान गर्दै सक्षम तथा इमानदार व्यक्तिलाई ’तराजु’ चुनाव चिन्ह लिएर उम्मेदवार बन्न आह्वान गरेको हो ।

स्थानीय निर्वाचनमा देशभरबाट सक्षम र इमानदार व्यक्तिहरूलाई पार्टीको तराजु चुनाव चिह्नबाट प्रतिस्पर्धाका लागि प्रस्ताव पेस गर्न खुला आह्वान गरेको छ ।

आह्वानमा भनिएको छ, तपाईँ या तपाईँले चिनेको त्यस्ता व्यक्ति कोही हुनुहुन्छ भने यो छोटो/सजिलो फारम (https://bsp.org.np/looking-for-leaders/) भरिदिन अनुरोध गर्दछौँ।

साथै, सक्षम र इमानदार व्यक्तिले प्रदेशहरुका संयोजक तथा इन्चार्जहरुसँगसमेत सम्पर्क गर्न विवेकशील साझाले भनेको छ ।

प्रदेश नं. १ मा प्रकाशचन्द्र परियार, मधेश प्रदेशमा धनपति महतो, बागमती प्रदेशमा उज्वलकृष्ण श्रेष्ठ, गण्डकी प्रदेशमा सुशीला केसी अधिकारी, लुम्बिनी प्रदेशमा अनुपमान सैंजु, कर्णाली प्रदेशमा कर्णबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा दिनेश भण्डारीलाई सम्पर्क गर्न आह्वान गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ