काठमाडौं, २० चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी मित्रराष्ट्र भारत भ्रमणको क्रममा वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् ।
उत्तरप्रदेशको धार्मिक नगरी वाराणसी पुगेका प्रधानमन्त्री देउवासहितको टोलीले काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका हुन् ।
साथै प्रधानमन्त्री देउवाले वाराणसीकै समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर पूजाअर्चनासमेत गरेका छन् ।
तपाईको प्रतिक्रिया