मोरङ, २१ चैत । बुढिगंगा गाउँपालिका–२ टंकिचोकस्थित सडकमा को.१७ प ७६७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
आइतबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी ईटहरी उपमहानगरपालिका–१९ खनार बस्ने २२ वर्षीय अनिस कार्कीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट मेडिकल गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया