रेडिमेट स्टोरमा आगलागी हुँदा ५० लाखको क्षति

समाचार

धनुषा, २१ चैत । जनकपुर उपमहानगरपालिका–४ जटही बसपार्कस्थित विनयनाथ गुप्ताको रवि रेडिमेट स्टोरमा करेन्ट सर्ट भई आगलागी भएको छ ।

सोमबार बिहान आगलागी हुँदा करिब ५० लाख रूपैयाँ बराबरको कपडाहरू जलेर नष्ट भएको छ ।

स्थानीयवासी र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ