काठमाडौं, २१ चैत । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालाई भारत सरकारले विदेश सचिवमा नियुक्त गरेको छ ।
भारतीय मन्त्रिपरिषद अन्तर्गतको नियुक्ति समितिले क्वात्रालाई विदेश सचिव नियुक्त गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको हो ।
हालका विदेश सचिव हर्ष श्रृंगलालाई प्रतिस्थापन गर्नेछन् । श्रृंगलाले अप्रिल ३० देखि भारतीय विदेश सेवाबाट अनिवार्य अवकाश पाउँदैछन् ।
क्वात्रा जनवरी ३०, २०२० मा नेपालका लागि भारतीय राजदूत नियुक्त भएका थिए । क्वात्रा सन् १९८८ मा भारतीय विदेश सेवामा प्रवेश गरेका थिए।
तपाईको प्रतिक्रिया