वीरगन्ज, २२ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वीरगन्जमा पुगेर आफू मधेशको मान्छे रहेको बताएका छन् । उनी आफू मधेशको बासिन्दा रहेकोसमेत बताए ।
वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले केही व्यक्तिले आफूलाई मधेशविरोधी रहेको हल्ला चलाएको गुनासो पोखे ।
उनले भने, ‘केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरुले, म मधेशको मान्छे । ६० वर्षदेखि म त मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’
यस्तै, ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्न लागेको बताए । एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको उनको भनाइ थियो ।
तपाईको प्रतिक्रिया