कपिलवस्तु, २३ चैत । कपिलवस्तु नगरपालिका–६ स्थितबाट करिब ३ ग्राम ७ सय २० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ सेमराहवा बस्ने २३ वर्षीय सुनिल कुमार पासी र १८ वर्षीय किशोर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट लु.१३ प २८६५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
तपाईको प्रतिक्रिया