आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

समाचार

कैलाली, २३ चैत । बर्दगोरिया गाउँपालिका–१ बौनिया बजारस्थित भक्त बहादुर बिसिको हेमन ट्रेडर्स किराना पसलमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा पसलमा रहेको सामानहरु पूर्णरुपमा जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ