हिन्दू राष्ट्रको विरोध गर्नेहरु राष्ट्रघाती हुन् : उपाध्यक्ष महासेठ

समाचार

काठमाडौं, २३ चैत । हिन्दू राष्ट्र नेपालको विरोध गर्नेहरु राष्ट्रघाती रहेको हिन्दू परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष पिंकी महासेठले आरोप लगाएकी छन् ।

सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाँध्ने सेतु रहेको भन्दै हिन्दू राष्ट्र नेपाल पुनः कायम हुनुपर्नेमा जोड दिएकी छन् ।

उनले भनिन्, ‘धर्म–निरपेक्षता नेपाली जनताको एजेण्डा होइन, यो विदेशीहरुको एजेण्डा हो । नेताहरुलाई हिम्मत छ भने हिन्दू राष्ट्रको लागि जनमत संग्रह गराएर हेरोस् आफै दुधको दूध पानीको पानी आफै किलिएर हुन्छ ।’

‘हरेक देशको आफ्नो धर्म छ हामी नेपालमा ९४% सनातन धर्म भएको हुँदाहुँदै धर्म–निरपेक्ष लादिएको हो,’ महासेठले भनिन्, ‘हिन्दू परिषद नेपालको बटमलाइन हो हिन्दू राष्ट्र नेपाल हामी जसरी पनी हिन्दू राष्ट्र कायम गराएर छाड्छौं ।’

उनले परिषद्का सम्पूर्ण योद्धाहरु हिन्दू राष्ट्रको मानसिक रुपमा तैयार रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ