प्रदेश १ मा आर्थिक कार्यविधि वित्तिय उत्तरदायित्व सम्बन्धी विधेयक प्रमाणीकरण

समाचार

विराटनगर, २३ चैत । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले “प्रदेश आर्थिक कार्यविधि वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८” प्रमाणीकरण गरेका छन् ।

प्रदेश नं. १ को प्रदेश सभा नियमावली, २०७४ को नियम १०८ बमोजिम बसेको प्रदेश सभाको नवौं तथा हिउँदे अधिवेशनको ११ औं बैठकले उक्त विधेयक पारित गरेको थियो ।

संविधानको धारा २०१ को उपधारा (१) बमोजिम माननीय सभामुखबाट प्रमाणित गरी प्रमाणीकरणको लागि प्रदेश प्रमुखसमक्ष प्राप्त हुन आएकोमा नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखबाट बुधबार उक्त विधेयक प्रमाणीकरण भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ