जनकपुरधाम, २४ चैत । सत्तारुढ गठबन्धनले केन्द्रीय तहमा स्थानीय निर्वाचनका लागि चुनावी तालमेल गर्ने निर्णय गरेसँगै त्यसको प्रभाव जिल्लाहरुमा पनि देखिन थालिएको छ ।
स्थानीय निर्वाचनमा तालमेल गर्ने केन्द्रीय निर्णयअनुसार मधेश प्रदेशमा पनि पाँच दलीय गठबन्धनले संन्यत्र बनाउने निर्णय गरेको छ ।
जनकपुरधाममा नेपाली काँग्रेस मधेश प्रदेशको कार्यालयमा भएको गठबन्धनको बैठकमा प्रदेशमा स्थानीय तहमा चुनावी गठबन्धन र तालमेलबारे छलफल भएको छ ।
बैठकमा स्थानीय तहको निर्वाचनमा गठबन्धन र तालमेलका विषयमा छलफल भएको नेकपा माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।
बैठकमा जिल्लास्तरीय संयन्त्र बनाउने, आ–आफ्नो पार्टीले पालिकाको अवस्थाबारे जिल्ला कमिटी र प्रदेश कमिटीमा जानकारी दिने निर्णय भएको छ ।
आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न मधेस प्रदेशमा रहेको पाँच दलीय गठबन्धनको पहिलो बैठक बसेको हो ।
तपाईको प्रतिक्रिया