इँटा बनाएरै राम्रो आम्दानी

समाचार

रौतहट, २४ चैत । तराईका बारा, रौतहट तथा पर्सा जिल्लामा अहिले फस्टाउँदै गएको इँटाभट्टा उद्योगमा मजदुरको लागी पर्याप्त अवसर बनेको छ ।

बारा देवापुरटेटाका जितेन्द्र पासवानलाई पनि अहिले इँटा बनाउन भ्याई नभ्याइ छ । उनी सुपर इँटा उद्योगमा काम गर्छन ।

उनका अनुसार एक जना मजदुरले दिनमा कम्तीमा १ हजार २ सय इँटा बनाउँछन् । एउटा इँटा बनाए वापत एक रुपैयाँ मजदुरी पाइन्छ ।

त्यसको अनुपातमा एक जनाले दिनमा १ हजार २ सय रुपैयाँ आम्दानी गर्छन । सातामा एक दिन रेस्ट गरिन्छ ।

उनी मात्र होईन । उनी जस्तै गाउँकै राजेश पासवानले पनि मिहिनेत भरमा राम्रो आम्दानी गरेको बताए । ६ महिनामै वर्षभरी खान पुग्ने गरी आम्दानी गर्ने गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ