‘फारवेष्ट ट्राभल मार्ट’ हुने

समाचार

कैलाली, २४ चैत । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा प्रथम पर्यटक अन्तर्राष्ट्रिय स्तरको ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ को आयोजना भएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोग तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा फारवेष्ट टाभल मार्ट भएको हो ।

मार्टको पहिलो दिन उद्घाटनको औपचारिक कार्यक्रमबाट सुरु भएको छ । दोस्रो दिन चैत २६ गते अतिथिलाई धनगढीका धार्मिक तथा पर्यटकीयस्थल शिवपुरी धाम, जाखोर ताल, बेहडाबाबाधामको दर्शन तथा अवलोकन गराई कञ्चनपुरको बेतकोट, लिङ्गा हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधाराचाँदनी झोलुङ्गेपुललगायत स्थलहरुको भ्रमण गराइने छ ।

तेस्रो दिन कैलालीको घोडाघोडी ताल, टीकापुर पार्क र कर्णालीपुल लगायतको भ्रमण तथा अवलोकन र कर्णाली नदीमा ¥याफ्टिङ गराई धनगढीमा कार्यक्रमको समापन गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ