रुपन्देही, २४ चैत । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले प्रदेशभर चुनावी गठबन्धन बनाउन सभापति अमरसिंह पुनको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।
कांग्रेसको बुटवलमा सम्पन्न प्रदेश समितिको बैठकले सत्तारुढ दलहरुसँग जिल्लास्तरमा भइरहेको वार्तालाई सघाउँदै गठबन्धन थप बलियो बनाउनका लागि सभापति पुनको संयोजकत्वमा वार्ता समिति बनाएको हो ।
समितिको सदस्यमा भरत कुमार शाह, भुवन प्रसाद श्रेष्ठ, राजु खनाल, प्रकाश राना छन् । बैठकले प्रदेश कार्यसमितिका प्रवक्ता प्रचण्ड बिक्रम न्यौपानेको संयोजकत्वमा एक हजार १०१ जनाको प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ ।
माधव खरेलको संयोजकत्वमा यस्तै अनुशासन समिति गठन गरेको छ । जसमा महेन्द्र पाण्डे, प्रेमलता भट्ट र कृष्ण प्रसाद अधिकारी सदस्य रहेका छन् ।
यस्तै महामन्त्री विक्रम खनालको संयोजकत्वमा ५ सदस्यीय घोषणा पत्र लेखन समिति गठन गरेको सभापति पुनले जानकारी दिए ।
यो समितिको सदस्यहरुको मनोनयन विभिन्न विज्ञता हासिल गरेको व्यक्तित्वहरूलाई संयोजकबाट मनोनित गर्ने कांग्रेसले जनाएको छ ।
तपाईको प्रतिक्रिया