मधेश प्रदेशमा शुक्रबार टाइफाइडविरुद्धको खोप लगाइदैं

समाचार

जनकपुरधाम, २५ चैत । मधेश प्रदेशमा शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यून गर्न नेपाल सरकारले सञ्चालन गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियान मधेश प्रदेशमा चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म सञ्चालन गरिने भएको छ ।

स्वास्थ्य निर्देशनालयले जनकपुरधाममा आयोजना गरेको प्रदेशस्तरीय पत्रकार अन्तक्र्रियामा उक्त खोप अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइनेछ ।

स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले विशेष अभियानअन्तर्गत हुन लागेको टाइफाइडविरुद्धको खोप कार्यक्रम नियमित खोपसँगै सञ्चालन गर्ने तयारी भएको जानकारी दिए ।

मधेश प्रदेशका आठ जिल्लामा खोप लगाउने उमेरका १७ लाख ८७ हजार ७१० जना रहेको जनाउँदै स्वास्थ्य निर्देशनालयले कम्तीमा पनि ९५ प्रतिशत लक्षित वर्गलाई खोप लगाउने तयारी भइरहेको जनाएको छ ।

खोप पूर्ण रुपमा सुरक्षित तथा टाइफाइडबाट बचाउन पूर्ण सक्षम रहेको अनुसन्धानबाट पुष्टि भएकाले निर्धक्क भएर खोप लिन निर्देशक झाले आग्रह सबैलाई आग्रह गरेका छन् ।

नियमित खोप दादुरा, रुवेलासँगै टाइफाइडविरुद्धको खोप दिन लागिएको हो । टाइफाइडविरुद्धको खोप अभियान इस्ट एशियाको पहिलो देश नेपाल बन्ने विश्व स्वास्थ्य सङ्गठनका मधेश प्रदेशका प्रतिनिधि सुरेश शुक्लाले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ