किसानलाई अनुदान

समाचार

कैलाली, २५ चैत । कैलालीको दक्षिण पूर्वी क्षेत्रमा किसानले अन्य व्यवसाय गर्दै आएको भए पनि मौरीपालनमा आकर्षित भएका छन् ।

कतिपय किसानले व्यावसायिकरुपमा काम सुरु गरेका छन् भने कतिपयले भर्खरै मौरी पालन व्यवसाय सुरु पनि गरेका छन् । बजारीकरणको समस्या नभएका कारण पनि किसानहरू मौरीपालन व्यवसायमा आकर्षित भएको पाइन्छ । किसानले अहिले उत्पादन भएको मौरीको मह प्रतिकेजी रु ५०० मा भन्दा बढीमा बिक्री गर्दै आएका छन् ।

अन्य कृषि क्षेत्रका लागि आवश्यक मात्रामा बजेट विनियोजन भएको भए पनि स्थानीय सरकारल मौरी पालक किसानका लागि भने भर्खर अनुदानको व्यवस्था गर्न थालेको जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले जानकारी दिए । उनले चालु आर्थिक वर्षमा केही बजेट मौरीपालक किसानका लागि अनुदानको व्यवस्था गरिएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ