काठमाडौं, २५ चैत । जनता समाजवादी पार्टी नेपालले दुई जनालाई राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ ।
डा. रामस्वार्थ रायलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरबको राजदूतको रूपमा सरकारलाई नाम सिफारिस गरिएको छ ।
बिहिवार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको तीन सदस्यीय मुख्यालयको बैठकले डा. राय र सुवेदीको नाम तय गरेको हो । राजदूत नियुक्तीको लागि बिहिवार नै परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई बुझाईएको छ ।
पार्टी मुख्यालय समितिमा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक कुमार राई रहेका छन ।
तपाईको प्रतिक्रिया