पेस्तोल र म्याग्जिनसहित दुई जना पक्राउ

समाचार

धनुषा, २६ चैत । जनकपुर उपमहानगरपालिका–१० स्थितबाट १ थान पेस्तोल र सोही पेस्तोलको म्याग्जिन १ थान सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय इन्द्रेश कुमार सिंह र सोही उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय अर्जुन कुमार सिंह रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

साथै उनीहरूको साथबाट ज. ७ प ७९३२ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ