विभिन्न हातहतियारसहित सुनार पक्राउ

समाचार

रूपन्देही, २६ चैत । सैनामैना नगरपालिका–१ भाटा एकताटोल बस्ने दल बहादुर सुनारलाई सिसाको गोली १२ थान, फलामको टुक्रा (छर्रा) ८ थान, केप १२ थान र बारुद सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार फेला पारेको हो ।

साथै उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँ रानिकुवा बस्ने मान बहादुर राउतको घरबाट २ थान भरुवा बन्दुक फेला पारी बरामद गरेको छ । मान बहादुरको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ