लेसपा नेता कृष्णा सिंह नेपाली कांग्रेसमा प्रवेश

समाचार

काठमाडौं, २७ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रभावशाली युवा नेता कृष्णा सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेता सिंहले कांग्रेस प्रवेश गरेका हुन् ।

नेता सिंहलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री महेन्द्र यादव, महोत्तरी जिल्ला सभापति नागेश्वर यादवलगायतले अबिर, माला र खादा लगाइ स्वागत गरेका थिए ।

कांग्रेस प्रवेशपछि प्रतिक्रिया दिँदै नेता सिंहले लोसपा वा अन्य कुनै नेतृत्ववर्गसँग कुनै गुनासो नरहेको बताएका छन् ।

‘म तमलोपा, राजपा, जसपा र लोसपा हुँदै आफ्नो राजनीतिक यात्रा अगाडि बढाउँदै थिएँ तर ती पार्टीहरुको अस्थिर राजनीतिक यात्राका कारण एउटा बलियो पार्टी रोज्न बाध्य भएँ,’ नेता सिंहले मधेशवाणीलाई भने ।

उनले भने, ‘मलाई महन्थ ठाकुरले नै नेता बनाएकोले उहाँसँग मेरो कुनै गुनासो छैन । आफ्नो राजनीतिक यात्रालाई सुव्यवस्थित र प्रभावकारी तरिकाले अगाडि बढाउन कांग्रेस रोजेको हुँ ।’

 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ