रौतहट, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रौतहटमा गजेन्द्र स्मृति अस्पताल शुभारम्भ भएको छ ।
मधेशवादका प्रणेता एवं नेपाल सद्भावना पार्टीका संस्थापक स्वं गजेन्द्र नारायण सिंहको ९७औं जन्मजयन्तीको अवसरमा आइतबार रौतहटको माधवनारायण–३ मा राष्ट्रपति भण्डारीले शुभारम्भ गरेकी हुन् ।
गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठान तथा लोसपाका नेता एवं सांसद अनिल कुमार झा र मधेश प्रदेश सांसद डा.डिम्पल झाको अथक प्रयासबाट गजेन्द्र स्मृति अस्पताल निर्माण भएको हो ।
शुभारम्भ कार्यक्रममा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, अनिलकुमार झा, मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र, डा.डिम्पल झा, भारतीय महावाणिज्य दूतावास वीरगन्जका शैलेन्द्र कुमार लगायत विशिष्ट व्यक्तित्व तथा हजारौंको संख्यामा आम नागरिकको सहभागिता रहेकोे थियो ।




तपाईको प्रतिक्रिया