जनकपुरधाम, २८ चैत । मधेशी आयोगद्वारा मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज आयोजित “लोकसेवा परिक्षा तयारी सम्बन्धि अभिमुखीकरण कार्यक्रम“ सम्पन्न भएको छ ।
जनकपुरको संकटमोचन उच्च मा.वि मा आयोजित सो कार्यक्रममा १०० जना भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमक अध्यक्ष तथा मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगले हर सम्भव मधेशी समुदायका व्यक्तिहरुको सशक्तिकरणको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको र अगामी दिनमा समेत स्रोत र साधनलाई पूर्ण उपयोग गरि अझ प्रभावकारी कार्यक्रमहरु गर्ने बताए ।
सो कार्यक्रममा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, आन्तरिक मामिला मन्त्रालयका सचिव रामकुमार महतो, पुर्व उप–सचिव एवं शिक्षक उमेश लाल कर्ण, आयोगका सूचना अधिकारी रमेश दास लगयातका व्यक्तिहरुले विद्यार्थीहरुलाई तयारी सम्बन्धि प्रशिक्षण दिएका थिए ।
सो कार्यक्रममा मधेशी आयोगका सदस्य जिवछ साह, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया