प्रदेश प्रमुखद्वारा कृषि फार्मको अवलोकन

समाचार

विराटनगर, २८ चैत । प्रदेश नं. १ का प्रमुख परशुराम खापुङले सुनसरीको धरानस्थित पिण्डेश्वर कृषि फार्मको अवलोकन गरेका छन् ।

प्रदेश नं. १ र देशलाई कृषिमा आत्मनिर्भर बनाएर आर्थिक समृद्धि हासिल गर्न सकिने हेतुले स्थापित पिण्डेश्वर कृषि फार्म प्रा.लि.ले प्रदेश प्रमुखलाई अवलोकनको लागि निम्तो दिएको थियो ।

धरान १४, विजयपुरमा अवस्थित पिण्डेश्वर कृषि फार्ममा गाईभैँसीलगायतका पशुपालन रहेको छ । व्यावसायी राजेन्द्र खापुङका अनुसार पशुपालनका साथै खेती र व्यापारलाई पनि सँगसँगै लैजाने जानकारी दिएका थिए ।

अवलोकनका क्रममा प्रदेश प्रमुख माननीय परशुराम खापुङले बुढासुब्बा, दन्तकाली मन्दिर, भताभुङ्गे राजाको दरबार, पिण्डेश्वर विद्यापिठको पनि दर्शन तथा भ्रमण गरेका थिए । विद्यापिठका प्राध्यापक डा. टंक न्यौपानेले अवलोकन भ्रमणलाई सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ