लुम्बिनीमा गठबन्धनको संयुक्त चुनावी अभियान सञ्चालन हुने

समाचार

रुपन्देही, २८ चैत । पाँच दलीय गठबन्धनले लुम्बिनी प्रदेशमा संयुक्त चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोमबार बुटवलमा बसेको गठबन्धनको बैठकले पाँच दलीय गठबन्धन मजबुद बनाउने सहमति जनाउँदै गठबन्धनका सबै दलको प्रतिनिधित्व रहने गरी प्रचार संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै संयुक्त स्थलगत अनुगमन कार्यदल गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कार्यदलमा नेपाली कांग्रेसका राजु खनाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका लुमकान्त न्यौपाने, नेकपा एकीकृत समाजवादीका अशोक कोइराला, जनता समाजवादी पार्टीका अशोकुमार यादव र राष्ट्रिय जनमोर्चा बोमबहादुर खत्री रहेका छन् ।

बैठकले गठबन्धनमा रहेका दलहरु मध्ये कुनै दलले अन्य कुनै दलसँग एक्लै चुनावी तालमेल गर्न नपाउने निर्णय गरेको छ । बैठकले जिल्लास्तरीय संयन्त्रको बैठकबाट सहमति कायम गरी रिपोर्ट प्रदेशमा पठाउनका आग्रह गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ