जनकपुरधाम, २९ चैत । धनुषा निर्वाचन क्षेत्र नं. ३ मा केही महिना यता विभिन्न पार्टी परित्याग गरि जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्नेहरुको ओइरो नै लागेको छ ।
मंगलबार मात्रै लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट निर्वाचित जनकपुरधाम उपमहानगरपालिका वडा नंं. ६ का निर्वाचित वडा अध्यक्ष जगरनाथ साहको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् ।
जनकपुरधामस्थित वेलकम होटलको सभाकक्षमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको हाथबाट टिका लगाइ जसपा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुमा वडा नं. ६ कै निर्वाचित सदस्य हसिना खातुन, लोसपा नेता नुरुल कवारी, शहीदनगर नपामा तत्कालीन राजपाबाट उपमेयरका प्रत्यासी लक्ष्मी महतो, रंजित ठाकुर, कविता राम, पुजा राम, उपेन्द्र पासवान, जनकपुर ७ का योगेन्द्र चौधरीसहितका रहेका छन् ।
तपाईको प्रतिक्रिया