स्थानीय तहको निर्वाचन मिति सार्न सम्भव छैन : प्रमुख आयुक्त

समाचार

विराटनगर, ३० चैत । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन मिति सार्न सम्भव नभएको बताएका छन् ।

उनले निर्वाचन सम्पन्न गराउने दायित्वलाई संवेदनशील भएर पुरा गर्न प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई आग्रह गरेका छन् ।

निर्वाचन आयोगले विराटनगरमा आयोजना गरेको निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र एवं मितव्ययी बनाउनुपर्नेमा जोड दिए ।

निर्वाचन सम्पन्न गराउने महत्त्वपूर्ण जिम्मेवारी तपाईँहरूको काँधमा आएकाले अहिले देखिनै मतदान केन्द्रमा खटिएर स्थानीय समुदायसँग समन्वय गरी काम अघि बढाउन उनले आग्रह गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ