रौतहटमा घुससहित प्रधानाध्यापक र उनका सहयोगी पक्राउ

समाचार

रौतहट, ३० चैत । जिल्लामा प्रधानाध्यापक तथा उनका सहयोगीलाई तीन लाख घुससहित अख्तियारको टोलीले रँगेहात पक्राउ गरेको हो ।

ईशनाथ नगरपालिकामा रहेको श्री विशेश्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश कुमार ठाकुर र उनका सहयोगी दिपेन्द्र कुमार झा तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टँगालबाट खटेको अख्तियारको टोलीले दुवै जनालाई घुस लिँदालिँदै रँगेहात पक्राउ परेको जनाइएको छ ।

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ जोकहा–घिउरास्थित रहेको श्री विश्वेश्वर प्रसाद कोईराला आदर्श माध्यमिक विद्यालयको प्रधानाध्यापक राकेश कुमार ठाकुर र सहयोगी झाले शिक्षक करार सेवा अवधि नियुक्ति वापत ३ लाख रुपैयाँ घुस मागेको गोप्य सूचनाको आधारमा तीन लाख रुपैयाँ लिसकेको अवस्थामा रँगेहात पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ