एमालेबाट वीरगन्ज मेयरका लागि सरावगी सर्वसम्मत सिफारिस

समाचार

वीरगन्ज, ३० चैत । नेकपा एमालेले वीरगन्ज महानगरपालिकाको मेयरको उम्मेदवारका लागि वर्तमान मेयर विजय सरावगीको नाम सर्वसम्मतले सिफारिस गरेको छ ।

बुधबार बसेको एमालेको वीरगञ्ज महानगरपालिका कमिटीको बैठकले सरावगीलाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको हो ।

बुधबारको बैठकमा महानगर कमिटीका सचिव सुन्दरकुर्मीले सरावगीलाई उम्मेदवारको रुपमा सिफारिस गरेका थिए भने उपाध्यक्ष दासले समर्थन गरेका थिए ।

मेयर सरावगी गत महिना नेकपा एमालेमा प्रवेश गरेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा भने उनी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ