डुडुवामा समाजवादी युवा संघ गठन

समाचार

नेपालगन्ज, ३० चैत । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघ डुडुवा गाउंपालिकाको भेलाले रबिन्द्र बर्माको अध्यक्षतामा ७२ सदस्यीय समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा रियाजुद्दीन खां प्रज्जवल चौधरी शुरेश यादव सचिवमा सईद खां बिशुन्नाथ मौर्या सह सचिवमा रोजत अलि र कोषाध्यक्षमा मेराज खां रहेका छन् ।

पूर्वमन्त्री मो. ईश्तियाक राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य हिक्मत बि. क., जिल्ला अध्यक्ष कमरुद्दीन राई, राष्ट्रिय भुमि आयोगका अध्यक्ष श्रवण यादव, डुडुवा गा. पा. अध्यक्ष पदका उम्मेदवार भण्डारी लाल यादव, जसपा नेता आमोद तिवारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ