गठबन्धन दलबीच भएन सहमति

समाचार

कैलाली, १ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारुढ पाँच दलीय गठबन्धनबीच भएको बैठक विना निष्कर्ष सकिएको छ ।

छलफलमा नेपाली कांग्रेसले आफ्नो पार्टीको तयारी नपुगेको भन्दै थप समय मागेको थियो । कांग्रेसले थप समय मागेपछि तालमेलका विषयमा समान्य कुरा भए पनि वैशाख ३ गते पुनः बैठक बस्ने गरी बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।

कांग्रेसले वैशाख २ गते आफ्नो पार्टीको बैठक रहेको र त्यसपछि आधिकारिक धारणा आउने भन्दै धारणा राखेपछि बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।

नेपाली कांग्रेसले भने नेकपा एकीकृत समाजवादी पार्टीका कारण बैठक निष्कर्षविहीन बनेको आरोप लगाएको छ । समाजबादी पार्टीले ५ पालिकामा आफ्नो दाबी गरेका कारण थप निर्णय नभएको नेपाली कांग्रेस कैलालीका उप–सभापति भीम बडुवालले बताए ।

कैलालीका २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालले ७ पालिकामा प्रमुख र एक पालिकामा उप प्रमुख जितेको थियो । यसैगरी नेपाली कांग्रेसले ३, माओवादी केन्द्रले स्थानीय तहमा जित हासिल गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ