मधेश प्रदेशसभाको अधिवेशन अन्त्य

समाचार

जनकपुरधाम, १ बैशाख । मधेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको घोषणा गरेका छन् ।

बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुख मिश्रबाट प्राप्त पत्र सदनमा पढेर सुनाएका थिए ।

सरकारको सिफारिसमा प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मंगलबार राति १२ बजेदेखि आठौँ अधिवेशन अन्त्य गरेको जानकारी गराए ।

प्रदेशसभाको आठौँ अधिवेशन मंसिर २९ गतेदेखि शुरु भएको थियो। चार महिनाको अवधिमा २० वटा बैठकमा सरकारबाट तीनवटा विधेयक दर्ता भएका छन् भने चारवटा विधेयक पारित भएका छन् । त्यस्तै एउटा विधेयक प्रमाणीकरण भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ