रुपन्देहीका ३ स्थानीय तहमा एमालेद्वारा उम्मेदवार सिफारिश

समाचार

रुपन्देही, १ बैशाख । नेकपा एमालेले रुपन्देहीका बुटवल उपमहानगर, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका प्रमुख र उपप्रमुखको नाम जिल्लामा सिफारिश गरेको छ ।

एमाले बुटवल उपमहानगर कमिटिले बुटवलको प्रमुखमा बहालवाला प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिश गरेको हो ।

यस्तै उपप्रमुखमा ज्ञानु केसी, खेम लुईटेल, मधुकला कुँवर र कल्पना थापाको नाम पठाएको छ । तिलोत्तमा नगरपालिकाको प्रमुख पदको लागि चार जनाको नाम सिफारिस भएको छ ।

एमाले तिलोत्तमा नगर कमिटीको बैठकले प्रमुखमा बहालवाला प्रमुख बासुदेव घिमिरे, निवर्तमान नगर अध्यक्ष मोहन चापागाई, क्षेत्र नं १ इन्चार्ज यज्ञ गैरे र मजदुर नेता दिनेश फुल्लेलको नाम सिफारिस गरेको छ ।

यस्तै उपप्रमुख बहालवाला उपप्रमुखमा जागेश्वरदेवी चौधरी, देवी वाग्ले, रेनुका खरेल, जमुना लम्साल र संगिता गुरूङको नाम सिफारिस भएको छ ।

यस्तै सिद्धार्थनगर नगरपालिकामा एमालेबाट प्रमुखमा आठ जना सिफारिस भएका छन् । जसमा भरत पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा। रामप्रसाद बस्याल, राजेन्द्र पन्थी, जीवलाल अर्याल, अर्जुन गिरी र हरिप्रसाद अधिकारीको नाम सिफारिस गरिएको छ ।

उपप्रमुखमा तीन जनाको नाम सिफारिस गरिएको छ । जसअनुसार उमा अधिकारी, सीता काफ्ले र पम्फावती खनालको नाम सिफारिस गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ