वीरगञ्ज, १ बैशाख । वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ ।
देशकै प्रमुख व्यापारिक नाका उक्त भन्सारबाट गत आर्थिक वर्ष आठ महिनाका तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी ५६ अर्ब ७० करोड ६३ लाख रुपैयाँभन्दा बढी मूल्यको १० लाख ९७ हजार २९६ रुपैयाँ किलोलिटर बढी इन्धन आयात भएको हो ।
चालु आवमा सङ्क्रमण दरमा आएको कमीले जनजीवन तथा उद्योग व्यापार समान्यरूपमा सञ्चालन भएकाले इन्धनको आयात बढी भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए। उनले इन्धनको आयात बढेको सकारात्मक प्रभाव राजस्व सङ्कलनमा देखापरेकोे बताए ।
तपाईको प्रतिक्रिया