माधव नेपालको क्षेत्रमा कांग्रेसको विद्रोह !

समाचार

काठमाडौं, २ बैशाख । सत्तारुढ राजनीतिक दलबीच गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णयविरुद्ध चितवनको भरतपुर महानगरपालिकापछि रौतहटको चन्द्रपुर नगरपालिकामा पनि नेपाली कांग्रेस उभिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह नगर भरतपुर महानगरपालिकामा काँग्रेसका स्थानीय नेता विपक्षमा उभिएको बेला नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको चन्द्रपुर पनि गठबन्धनको विपक्षमा उभिएको छ ।

‘चन्द्रपुर नगर कमिटीको बैठकले गठबन्धन नै गरि नै कांग्रेस एक्लैले स्थानीय तह निर्वाचन जित्ने निष्कर्षका साथ निर्णय गरिसकेको छ,’ चन्द्रपुर नगर सभापति मुकेश गिरीले भने, ‘कांग्रेस केन्द्रीय कार्यालयले पनि आवश्यक्ताका आधारमा स्थानीय तहले गठबन्धन गर्ने वा नगर्ने भन्ने निर्णय लिन सक्छन् भन्ने निर्देशन दिएको थियो, त्यही आधारलाई टेकेर चन्द्रपुरमा गठबन्धन नै नगरी कांग्रेसले निर्वाचन जित्न सक्छ भनेर सो निर्णयमा पुगेका हौं ।’

उनका अनुसार सोही निर्णयबमोजिम चन्द्रपुरमा कांग्रेस एक्लै निर्वाचनमा जाने भनेर सोमबार उम्मेदवारको नाम दर्ता गराएको छ । सोही निर्णय लगत्तै आकांक्षीहरूले चन्द्रपुर नगरपालिकाका भावी प्रमुख र उपप्रमुखका लागि एक दर्जनभन्दा बढीले पार्टीभित्र उम्मेदवारी दर्तासमेत गराएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल चन्द्रपुर–४ का बासिन्दासमेत हुन् । सोही क्षेत्रबाट २०५६ मा प्रतिनिधिसभामा विजयी भएका नेपाल २०६४ को संविधानसभामा भने नेकपा माओवादीका देवेन्द्र पट्टेलसँग पराजित भएका थिए । चन्द्रपुर–४ मा अध्यक्ष नेपालको निवास पनि छ ।

उता, कांग्रेस भरतपुर उपमहागरनगरपालिका कमिटीका सभापति चित्रसेन अधिकारीको नेतृत्वमा गठबन्धन नगर्न र कांग्रेसलाई एक्लै निर्वाचन होमाउनु पर्ने माग राख्दै पार्टीको शीर्ष नेतृत्वलाई दबाब दिएको थियो । त्यस लगत्तै २८ चैतसम्म नगरप्रमुखका लागि कांग्रेसबाट ३५ जनाले दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ