गोठबाट लागूऔषध बरामद

समाचार

रौतहट, २ बैशाख । फतुवा विजयपुर नगरपालिका–२ वरगेनिया टोलस्थित गोठबाट प्रतिबन्धित लागुऔषध बराम भएको छ ।

प्रतिबन्धित लागूऔषध ट्रामाडोल ५ हजार पीस बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त गोठमा अवैध लागुऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियार र ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाबाट खटिएको प्रहरीले उक्त लागुऔषध फेला पारी बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ