पर्सा, ३ बैशाख । ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका–१६ बस्ने बारा प्रसौनी गाउँपालिका–५ घर भएका ५५ वर्षीय पलट चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया