बाँकेमा आगलागीबाट ९७ लाखको क्षति

समाचार

बाँके, ३ बैशाख । राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुर बस्ने सिताराम जैसीको घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

शुक्रबार दिउँसो आगलागी भई उक्त स्थानमा रहेको ११ वटा घर र ४ वटा गोठ जलेर करिब ९७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ