कैलाली, ३ बैशाख । निर्वाचन आयुक्त डा.जानकी तुलाधरले निर्वाचन आचार संहिता कडाइका साथ लागू गरिएको बताएकी छन् ।
आयोगले यसपालि वैशाख २९ गतेसम्म १८ बर्ष उमेर पुगेका सबैलाई नागरिकलाई मताधिकार दिएको जानकारी दिँदै उनले निर्वाचन आचार संहितलाई कडाइका साथ लागु गरिएको बताइन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न गर्न मिडिया क्षेत्रको महत्त्वपूर्ण भूमिका रहनेसमेत बताएकी हुन् ।
धनगढीमा आयोजित स्थानीय तह निर्वाचन २०७९, मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले सञ्चार क्षेत्र लोकतन्त्रको आधार स्तम्भ भएको बताएकी छन् ।
आयुक्त तुलाधरले निर्वाचन आयोग स्थानीय तह निर्वाचनको तयारीमा धेरै अगाडि गइसकेको उल्लेख गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न आयोग कटिबद्ध रहेको बताइन् ।
तपाईको प्रतिक्रिया