फतुवा विजयपुरमा एमालेको नगर कमिटीको बैठक सम्पन्न

समाचार

रौतहट, ३ बैशाख । नेकपा एमाले फतुवा बिजयपुर नगर कमिटिको बैठक सम्पन्न भएको छ । सनिबार विवाह मण्डपकको सभा हलमा बैठक बसी विभिन्न एजेण्डाहरुमा छलफल भएको छ ।

नगर अध्यक्ष बिजय यादव निर्बिजको अध्यक्षतामा, समन्वय समितिको निर्माण, सचिवालय गठन, रिर्पोटिङ सम्बन्धमा बैठकले सो निर्णयहरु पारित गरेको बताइएको छ ।

नेकपा एमाले मधेश प्रदेश कमिटीको सदस्य सहवान खानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश सद्स्य टेकनाथ पौडेल, ब्रहामानरायण यादव उपमेयर कान्ति देबी महतो, जिल्ला सदस्यहरु संजय यादव, अनन्त पौडेल, संजय साह, बुधाई खान पैठान, महिला नेत्री संजु जयसवाल, नेकपा एमाले नगर उपाध्यक्ष शेर बहादुर पटेल, नेकपा एमाले नगर सचिव उमाकान्त दहाल, नगर सह सचिव सन्तोष साह, वडा कमिटिका अध्यक्ष लगायतका नेताहरुको उपस्थिति रहेको थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ