ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

समाचार

बाँके, ४ बैशाख । कोहलपुर नगरपालिका–२ सालको बुटास्थित सडकमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

भे.२ त ९३९ नम्बरको ट्याक्टर र भे.७ प ५४४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटनामा हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–४ बस्ने ४४ वर्षीय रेशम डाँगीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ